Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

संसद बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने राप्रपाको घोषणा

संसद बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने राप्रपाको घोषणा

सोमवार , आषाढ २, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ दिनको संसद बैठक भत्ता नलिने घोषणा गरेको छ ।

प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेखेर असार १ गते बसेको प्रतिनिधि सभाको बैठकमा सहभागी भए बापत्त प्राप्त हुने भत्ता अस्वीकृत गरेको जानकारी दिएका हुन् ।

राप्रपाले असार १ गते प्रतिनिधि सभाको बैठक बहिष्कार गरेको थियो ।

प्रमुख सचेतक शाहीले संघीय संसद सचिवालयलाई लेखेका छन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले मिति २०८२ असार १ गते बसेको प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको सर्वविदितै छ । हाम्रो पार्टीले उठाएका मागहरू भिजिट भिसा प्रकरणमा संसदमा अबरोध भएको समयमा पनि जबर्जस्त बैठक संचालन गर्नु अनुचित हुने ठहर गर्दै यो बैठक बहिष्कार गर्ने निर्णय गरिएकाले यो बैठक वापत प्राप्त हुने बैठक भत्ता राजस्वमा फिर्ता हुने ब्याबस्था गरि सहयोग गरिदिन हुन अनुरोध छ ।’

पत्रमा अगाडि भनिएको छ, ‘उक्त दिनको बैठक भत्ता उपलब्ध नगराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077