Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

राप्रपाको बहिष्कार र रास्वपाको विरोधका बावजुद संसद बैठक जारी, सभामुखले जबरजस्ती गरेको आरोप

राप्रपाको बहिष्कार र रास्वपाको विरोधका बावजुद संसद बैठक जारी, सभामुखले जबरजस्ती गरेको आरोप

सोमवार , आषाढ २, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहिष्कारबीच प्रतिनिधिसभा बैठक अगाडि बढाएका छन् । संसद् अगाडि बढेपछि राप्रपाका सांसदहरू बैठक बहिष्कार गरेर बाहिरिएका छन् ।

त्यसअघि सभामुख घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जबरजस्ती संसद्लाई अगाडि बढाउने काम भइराखे आफूहरूले बहिष्कार गर्ने बताएका थिए ।

राप्रपा अध्यक्ष लिङ्देनले भने–‘विरोध जारी राखेको बेला जबरजस्ती संसद् अगाडि बढाउनु संसदीय मर्यादाका दृष्टिकोणले पनि उचित हुँदैन । समस्या समाधान नभइ संसद अवरुद्ध भइरहेको अवस्थामा जबरजस्ती बैठक अघि बढाउने काम नहोस् । जबरजस्ती संसद्लाई अगाडि बढाउने काम भइरहेको छ, यो कर्मकाण्डमा राप्रपा सहभागी हुँदैन ।’

लिङ्देनले बैठक बहिष्कार गरेका कारण आफ्नो दलका सांसदले पाउने भत्ता राजश्वमा जम्मा हुने व्यवस्था गर्न पनि सभामुख घिमिरेसँग आग्रह गरे । ‘हामी बैठक बहिष्कार गर्छौँ,’ अध्यक्ष लिङ्देनले भने–‘बहिष्कार गर्दा राप्रपाका सांसदको भत्ता राजश्वमा जम्मा हुने व्यवस्था होस् ।’

यसैबीच भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठन गर्नुपर्ने र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आएको अर्को प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले वेल घेराउ गरेर नाराबाजी गरिरहेका छन् ।

सभामुख घिमिरेले भने सत्ता पक्षका सांसदहरूलाई बजेटमाथिको छलफल भाग लिन समय दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077