Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

निलम्बित नगरप्रमुख थापालाई ५० लाख धरौटीमा रिहा गर्न आदेश

निलम्बित नगरप्रमुख थापालाई ५० लाख धरौटीमा रिहा गर्न आदेश

सोमवार , आषाढ २, २०८२

सर्लाही । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत सर्लाहीले उनलाई अवैध ढुङ्गा, गिट्टी र बालुवा उत्खननसम्बन्धी मुद्दामा ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश जीवनकुमार भण्डारीको इजलासबाट सोमबार जारी आदेशअनुसार थापा वन ऐन २०७६ को गम्भीर उल्लंघन गरेको अभियोगमा मुद्दा खेपिरहेका छन्। अभियोगपत्र अनुसार उनले ४७ लाख घनमिटरभन्दा बढी वन पैदावार नोक्सानी गराएको आरोप छ।

यस अभियोगमा उनीसहित उपप्रमुख लीला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीसमेत प्रतिवादी छन् ।

सरकारी पक्षले उनीहरूविरुद्ध १ अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसाको बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077