Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

रास्वपा सांसदले सदनमा खोले जुत्ताचप्पल !

रास्वपा सांसदले सदनमा खोले जुत्ताचप्पल !

सोमवार , आषाढ २, २०८२

काठमाडौं । संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले अनौठो शैलीमा विरोध जनाएपछि सत्तारुढ दल नेकपा एमालेका सांसद दामोदर बैरागीले नियमापत्ति जनाएका छन् ।

भिजिट भिसा प्रकरणमा छानबिनको माग राख्दै वेल घेराउ गरेका रास्वपाका सांसदहरूले सोमबार प्रतिनिधिसभा बैठकको कार्यसूचीमा अवरोध गर्दै सभामुखको आसनअगाडि जुत्ताचप्पल खोलेर मौन धर्ना दिएका थिए ।

तर, उनीहरूको विरोध शैलीप्रति सांसद बैरागीले कडा आपत्ति जनाएका हुन् । उनले वेलमै जुत्ता चप्पल खोल्नु संसदीय मर्यादाविपरीत भएको टिप्पणी गर्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।

“संविधानले तोकेको मर्यादा र प्रक्रियाअनुसार नै विरोध हुनु पर्छ,” बैरागीले भने, “सभामुखको आसनअगाडि जुत्ता खोल्नु आपत्तिजनक व्यवहार हो ।”

बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख इन्दिरा रानाले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भइसकेको बताउँदै सांसदहरूलाई बैठक अगाडि बढाउन आग्रह गरेकी थिइन् ।

रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077