Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

शक्ति बस्नेतले भने - छानबिन समिति बनाउन ३० दिन लगाउन जरुरी छैन

शक्ति बस्नेतले भने - छानबिन समिति बनाउन ३० दिन लगाउन जरुरी छैन

सोमवार , आषाढ २, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले भिजिट भिसा प्रकरणमा गम्भीर ढंगले छानबिन गर्न जरुरी रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले छानबिन समिति बनाउने उद्घोष गरिसकेकाले तत्काल छानबिन समिति बनाउन माग गरे ।

रास्वपाले छानबिन समिति नबनेसम्म आन्दोलन जारी राख्ने भनेको भन्दै तत्काल समस्या समाधान गरेर अघि बढ्न उनको आग्रह थियो ।

भिजिट भिसा प्रकरणको बारेमा सबैको चासोको विषय भएकाले अब ३० दिन लगाउन जरुरी नभएको बताउँदै उनले भने, ‘केही दिनमै तत्काल गठन गरेर सबैको भावना केन्द्रीकृत गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077