Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

बजेटलाई ‘ब्रम्हलुट’ को संज्ञा दिँदै सांसद ज्वालाले भने - समर्थन गर्न सकिँदैन

बजेटलाई ‘ब्रम्हलुट’ को संज्ञा दिँदै सांसद ज्वालाले भने - समर्थन गर्न सकिँदैन

सोमवार , आषाढ २, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेटलाई ‘ब्रम्हलुट’ को संज्ञा दिएका छन् ।

सोमबार संसदमा बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै बजेटलाई ‘ब्रम्हलुट’ को संज्ञा दिएका हुन् । उनले बजेट मन्त्री र नेतामुखी भएको र यसले दलाल पुँजीवादलाई मात्रै पोस्ने आरोप लगाए ।

सांसद ज्वालाले मन्त्री र नेताहरूले बजेटमा एकलौटी कब्जा गरेको दाबी गरे। उनले भने, ‘यो बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको जस्तो देखिन्छ। मन्त्री र नेताका बुवाआमाका नाममा, पार्टी कार्यालय बनाउन अर्बौं बजेट बाँडिएको छ।’

ज्वालाले बजेटले दलाल, बिचौलिया र मन्त्रीका आसेपासेलाई मात्र फाइदा पुर्‍याउने तर दुर्गम जिल्लाका स्वास्थ्य चौकी र खानेपानी जस्ता आधारभूत आवश्यकतालाई बेवास्ता गरेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077