काठमाडौं । नेपाली कांग्रेसकी सचेतक सुशिला थिङले मानव तस्करीको परिभाषा स्पष्ट गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेकी छन् ।
आज प्रतिनिधि सभामा बजेटको समान्य छलफलमाथि उठेका प्रश्नहरूको जवाफ दिइरहेका बेला कांग्रेसकी सचेतक थिङले नियमापत्तिका लागि समय माग्दै यस्तो आग्रह गरेकी हुन् ।
मानव तस्करीको परिभाषा कसरी पूरा गर्ने हो ? भन्दै प्रश्न गर्दै थिङले भनिन् , ‘जसले पाँच/पाँच जना व्यक्तिलाई हस्ताक्षर गराएर विदेश पठाएको मानव तस्करी हो कि कुन विषयको मानव तस्करी हो त्यो कुरमा स्पष्ट पारियोस् ।’
रास्वपाले संसद्मा ‘मानव तस्करलाई कारबाही गर’ को नारा लगाइरहेको भन्दै उनले यसो भनेर कसलाई मानव तस्कर भन्न खोजेको हो ? त्यो स्पष्ट गर्न आग्रह गरिन् ।