Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पत्रकार दिलभूषणको पक्राउ पूर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो, आदेश आउँदै

पत्रकार दिलभूषणको पक्राउ पूर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो, आदेश आउँदै

सोमवार , आषाढ २, २०८२

काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध जारी गरिएको पक्राउ अनुमति विरुद्ध उच्च अदालत पाटनमा दायर गरिएको रिट निवेदनमाथि सुनुवाइ सकिएको छ ।

विद्युतीय अपराध ऐनविपरीतको कसुरमा पत्रकार पाठकलाई पक्राउ गर्ने तयारीविरुद्ध उच्च अदालत, पाटनमा परेको निवेदनमाथि अदालतका न्यायाधीश ऋषिराज भण्डारीको इजलासमा सोमबार सुनुवाइ सकिएको हो ।

हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जाडेको भन्दै उनीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो ।

त्यसपछि प्रहरीले विद्युतीय अपराध ऐनको दफा ४७ अन्तर्गतको कसुरमा पाठकलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिएको थियो।

त्यसविरुद्ध पाठकका तर्फबाट उच्च अदालत, पाटनमा निवेदन परेको थियो । आदेश आउन भने बाँकी छ। निवेदनमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाइएको छ । पक्राउ पूर्जी जारी भएयता प्रहरीले पाठकको खोजी कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077