Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

धवल शमशेरलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश

धवल शमशेरलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश

सोमवार , आषाढ २, २०८२

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर जबरालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका उनलाई न्यायाधीश शिवप्रसाद खनालको इजलासले सोमबार उक्त आदेश दिएको हो।

जबरालाई प्रहरीले तीनकुनेमा भएको ‘अराजक’ प्रदर्शनको मुख्य योजनाकारको रूपमा प्रस्तुत गर्दै मुद्दा चलाएको थियो।

राजावादी आन्दोलनका क्रममा भएको उक्त प्रदर्शनमा उनी पार्टीको जनपरिचालन संयोजकको भूमिकामा थिए र सोही दिन उनलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077