काठमाडौं । काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार राप्रपाका महामन्त्री धवलशमशेर राणा धरौटी बुझाएर छुटेका छन् ।
सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो ।
लगत्तै राणाले उक्त धरौटी बुझाएसँगै छुटेका हुन् ।
चैत १५ गतेको तीनकुने घटनामा प्रतिवादी बनाइएका राणा आजै अदालतमा उपस्थित भएका थिए ।