काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जान लागेका हुन् ।
प्रधानमन्त्री ओली असार १४ गते त्यसतर्फ प्रस्थान गर्नेछन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको स्पेन भ्रमण स्वीकृत गरेको हो ।
प्रधानमन्त्री ओली असार २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।