Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

दुईवटा संसदीय समितिको बैठक बस्दै

दुईवटा संसदीय समितिको बैठक बस्दै

मंगलवार , आषाढ ३, २०८२

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछन् । मङ्गलबार कानून न्याय तथा मानवअधिकार समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

बिहान साढे ८ बजे सिंहदरबारमा बस्ने कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ ।

यस्तै, मध्यवर्ती क्षेत्रको स्थलगत अवलोकन तथा अनुगमन सम्बन्धमा पनि छलफल हुनेछ ।

यसैगरी, दिउँसो १ बजे सिंहदरबारमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077