Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान

उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान

बुधवार , आषाढ ४, २०८२

काठमाडौं । उपसभामुख इन्दिरा राना मगर दक्षिण अफ्रिका प्रस्थान गरेकी छन् ।

चार दिने भ्रमणका लागि उनी बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

दक्षिण अफ्रिकाको प्रिटोरिया शहरमा आयोजित लोकतन्त्र सम्बन्धी उच्चस्तरीय संवादमा भाग लिन उपसभामुख राना दक्षिण अफ्रिका गएकी हुन् ।

उनले इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एन्ड इलेक्टोरल असिस्टेन्स(आइडिइए), ओपन सोसाइटी फाउन्डेसन र दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सहयोग तथा सम्बन्ध विभागको आयोजनामा जुन १९ र २० मा हुने ‘अफ्रिकामा लोकतन्त्रको पुनःपरिकल्पना, विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभवहरू’। विषयक उच्चस्तरीय संवादमा भाग लिने जानकारी दिइएको छ ।

राना आउँदो ८ जेठमा स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077