Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

रास्वपाले भन्यो – २ हजार वढी भिजिट भिसा पीडित नेपाली सम्पर्कमा आए

रास्वपाले भन्यो – २ हजार वढी भिजिट भिसा पीडित नेपाली सम्पर्कमा आए

बुधवार , आषाढ ४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २ हजारभन्दा धेरै भिजिट भिसा पीडित नेपाली आफूहरूको सम्पर्कमा आएको बताएको छ ।

सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिन लगाएको समाचार बाहिरिएपछि रास्वपाले जेठ १४ गते ‘भिजिट भिसा र मानव तस्करीसँग सम्बन्धित प्रकरणको कारण ठगिएको कोही भए प्रमाणसहित सम्पर्कमा आउनु’ भन्दै आह्वान गरेको थियो ।

सोही आह्वानपछि २ हजारभन्दा धेरै पीडित सम्पर्कमा आएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

उनले भने, ‘रास्वपाले यसलाई विषयान्तर गर्न र संसद्को रोष्ट्रमबाट गृहमन्त्री लेखकले पीडितलाई दिएको धम्कीको नियोजित श्रृंखला मानेको छ । ‘सासंद श्रेष्ठले निर्देशन दिएको’ भनेर आएको समाचार गलत छ ।’

भिजट भिसा प्रकरणको विषय कुनै दल र नेताप्रति लक्षित नभएको बताए ।

विगत १८ वर्ष र १४ गृहमन्त्री सबैको छानबिन गरौँ भन्दै उनले कोही एक व्यक्तिको पछि लाग्ने राजनीतिक आचरण र अभ्यास नभएको र राजनीतिक प्राथमिकता पनि नपर्ने बताए ।

भिजिट भिसा प्रकरणमा दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाण लिएर पार्टी कार्यालयमा आएको जानकारी गराउँदै उनले भने, ुहामीले उहाँहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोग लगायतमा उजुरी दिन सुझाएका हौँ । र, यो एक राजनीतिक दलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यास हो ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपाले प्रतिनिधि सभा अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077