काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
आज बालुवाटारमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा संसद्को अवरोध, बजेटलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, ऊर्जामन्त्री दीपक खड्का लगायत सहभागी छन् ।