Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

सत्तारुढ दलहरूबीचको बैठकमा संसद्‌को अवरोध हटाउनेबारे छलफल

सत्तारुढ दलहरूबीचको बैठकमा संसद्‌को अवरोध हटाउनेबारे छलफल

बुधवार , आषाढ ४, २०८२

काठमाडौं । सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संसद्‌को अवरोध हटाउनेबारे छलफल गरेको छ ।

बालुवाटारमा बसेको बैठकमा संसद्‌को अवरोध हटाउने, विधेयकहरू पारित गर्न सहमति जुटाउने र समसामयिक राजनीतिक विषयमा सहकार्य अघि बढाउने विषयमा छलफल भएको हो ।

सरकारलाई संसदमा प्रभावकारी काम गर्ने बाटो खुलाउने उद्देश्यले गरिएको बैठकमा अहिले पारित हुने चरणमा रहेका विधेयकहरू छिट्टै निष्कर्षमा पुर्‍याउने सहमति बनेको उनको भनाइ छ।

यस्तै विशेषगरी निजामती विधेयकबारे पनि छलफल भएपनि ठोस सहमति नबनेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, ऊर्जामन्त्री दीपक खड्का लगायत नेताहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077