Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

उखु किसानलाई दिइँदै आएको अनुदान किन रोकियो, कतै विचौलियाको प्रभावले त हैन ? : शेखर कोइराला

उखु किसानलाई दिइँदै आएको अनुदान किन रोकियो, कतै विचौलियाको प्रभावले त हैन ? : शेखर कोइराला

बिहिवार , आषाढ ५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला उखु किसानको पक्षमा बोलेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले उखु किसानलाई दुई दशकअघिदेखि दिइँदै आएको उत्पादनमा आधारित अनुदान बिनाकारण रोकिनु आपत्तिजनक भएको टिप्पणी गरेका हुन् ।

उनले चिनी उद्योगलाई आत्मनिर्भर बनाउनु पर्नेमा यस्तो निर्णयले उखु किसान विस्थापित हुने पक्का भएको समेत बताए ।

सोही क्रममा कोइरालाले सरकारको यो निर्णय चिनी विचौलियाको प्रभावमा परेर भएको त हैन ? भन्दै आशंका समेत व्यक्त गरे।

'उखु किसानलाई दुई दशकअघिदेखि दिइँदै आएको उत्पादनमा आधारित अनुदान बिनाकारण रोकिनु आपत्तिजनक छ। चिनी उद्योगलाई आत्मनिर्भर बनाउनुपर्नेमा यस्तो निर्णयले उखु किसान विस्थापित हुने पक्का छ। कतै सरकारको यो निर्णय चिनी विचौलियाको प्रभावमा परेर भएको त हैन ?' उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077