Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

संसद्‍मा रास्वपाको वेल घेराउ, राप्रपाको बहिष्कार

संसद्‍मा रास्वपाको वेल घेराउ, राप्रपाको बहिष्कार

बिहिवार , आषाढ ५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको आजको बैठकमा वेल घेराउ गरेको छ ।

आफूहरुले उठाएका माग सरकारले नसुनेको भन्दै रास्वपाले संसद वैठकमा विरोध जारी राखेको हो ।

सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध गरेका थिए ।

त्यसपछि सभामुख घिमिरेले रास्वपाका सांसद हरि ढकाललाई बोल्ने समय दिए ।

संसदमा आफूहरुको आन्दोलन जारी रहेको बताएपछि रास्वपा सांसदहरु उठेर वेल अगाडि पुगेका छन् ।

राप्रपाले भने आजको बैठक बहिष्कार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077