Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

सचिवहरुको दबाबमा नआउन प्रधानमन्त्रीलाई राजेन्द्र पाण्डेको आग्रह

सचिवहरुको दबाबमा नआउन प्रधानमन्त्रीलाई राजेन्द्र पाण्डेको आग्रह

बिहिवार , आषाढ ५, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सचिवहरुको धम्कीको दबाबमा नआउन प्रधनमन्त्रीलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उनले कुलिङ पिरियड हटाउन उच्चपदस्थ कर्मचारीले दिएको धम्कीसँग नडराउन प्रधानमन्त्रीलाई आग्रह गरे ।

लामो छलफल र बहसपछि सदनमा आइपुगेको निजामती विधेयकमा रहेको कुलिङ पिरियडको व्यवस्था हटाउन नहुने बताए ।

उनले भने, ‘कुलिङ पिरियड नअटाए २५ सचिवले राजीनामा दिन्न्छौं भन्दै प्रधानमन्त्रीलाई धम्क्याएको सुनिएको छ । प्रधानमन्त्री त्यस्ता धम्कीको दबाबमा आउनु हुँदैन ।’

२५ सचिवले राजीनामा दिए २५ सहसचिवले नयाँ जिम्मेवारी पाउँने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077