Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

आफ्नै निर्णयबाट किन पछि हटे बालेन ?

आफ्नै निर्णयबाट किन पछि हटे बालेन ?

बिहिवार , आषाढ ५, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) चारजना वडाध्यक्षको जिम्मेवारी खोस्ने निर्णयबाट पछि हटेका छन् ।

केही समयअघि उनले एकल निर्णयमा चार वडाध्यक्षको जिम्मेवारी खोसेर नयाँलाई तोकेका थिए ।

साहले आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरलाई क्रमशः सम्पदा तथा पर्यटन, विधायन, सुशासन र सुचना तथा प्रविधि समितिको जिम्मेवारीबाट हटाएकोमा अहिले निर्णय फिर्ता लिएका हुन् ।

नयाँ जिम्मेवारी पाएका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की र वडा नम्बर ८ का अध्यक्ष विनोदकुमार राजभण्डारीले संयुक्त विज्ञप्ति निकालेर कार्यपालिकाले जिम्मेवारी अनुमोदन नगरेकाले मेयर बालेनलाई पत्र पठाएर पद अस्वीकार गरेका थिए ।

विधायन समितिको जिम्मेवारी भने वडा-१६ कि अध्यक्ष रोजिना श्रेष्ठलाई दिइएको थियो ।

पछिल्लो समय कार्यपालिका बैठक समेत राख्न नसकिरहेका बेला कार्यपालिका र नगरसभा सदस्यहरुले निरन्तर दबाब दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077