काठमाडौं । गृह मन्त्रालयले बिहीबार दुई जिल्लाका सिडिओको हेरफेर गरेको छ। भक्तपुर र अर्घाखाँचीका सिडिओको सरुवा भएको हो।
अर्घाखाँचीमा कार्यरत बेदप्रसाद खरेललाई २ महिनामै मन्त्रालय तानिएको छ । उनी गत २ बैशाखमा अर्घाँखाँचीमा हाजिर भएका थिए।
स्थानीय कांग्रेस कार्यकर्ताको उजुरीका आधारमा उनी तानिएका हुन्। अर्घाखाँचीमा गोपाल प्रसाद अर्याललाई पठाइएको छ । उनी भक्तपुरको सिडिओ थिए। त्यस्तै, भक्तपुरमा भरतमणि पाण्डेलाई खटाइएको छ ।