Jun 17 2026 | २०८३, आषाढ ३ गते

17 Jun 2026 | बुधवार, आषाढ ३ गते २०८३

बुधवार, आषाढ ३ गते २०८३
images
images

नागार्जुनका मेयर मोहन बस्नेतलाई भ्रष्टाचार मुद्दामा सफाइ, सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर

नागार्जुनका मेयर मोहन बस्नेतलाई भ्रष्टाचार मुद्दामा सफाइ, सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर

शुक्रवार , आषाढ ६, २०८२

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिाका मेयर मोहन बस्नेत सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्। बिशेष अदाललते शुक्रबार सम्पत्ति शुद्धीकरणको मुद्दामा उनलाई दोषी ठहर गरेको हो। गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धि मुद्दामा भने उनले सफाइ पाएका छन् ।

बिशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले सो मुद्दामा फैसला सुनाएको हो। ठहरको फैसला भएपनि सजाय निर्धारण भने पछि हुने भएको छ।

उनले नौ करोड २२ लाख घुस लिएको तथा १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण (अपराधबाट आर्जित सम्पती लुकाएको कसुर) गरेको ठहर भएको छ। यसमा अन्य प्रतिवादीले भने सफाइ पाएका छन्।

बस्नेतविरुद्ध गत २४ पुसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। सम्पद्धि शुद्धीकरण मुद्दामा दोषी ठहर भएसँगे उनी निलम्बनमै हुने भएका छन्।

विशेषले बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ सम्पती शुद्धिकरण गरेको ठहर गरेको हो । बस्नेतलाई कैद सजाय तोक्नका लागि विशेष अदालतले १६ असारमा अर्को पेसी तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077