Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अबको १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्छौ : ऊर्जामन्त्री खड्का

अबको १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्छौ : ऊर्जामन्त्री खड्का

सोमवार , आषाढ ९, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथि विनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले सन २०३० भित्र लम्की बरेली र इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण संयुक्त कार्यक्रम स्थापना प्रक्रिया अघि बढाइएको जानकारी दिएका थिए ।

उक्त लक्ष्यलाई पुरा गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने बताउँदै उनले विद्युत् प्राधिकरणको राय सुझावको आधारमा ‘टेक अर पे’ व्यवस्था संशोधनका लागि अर्थ मन्त्रालयमा पत्र नै पठाइएको जानकारी दिए।

उनले भारत, बंगलादेश र चीनसम्म विद्युत् निर्यात गर्न आवश्यक प्रसारण संरचना निर्माण अघि बढाइएको उल्लेख गरे ।

भारतीय प्रसारण लाइनको उपयोग गरी बंगलादेशमा थप विद्युत् निर्यातको पहल भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077