Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

आज देशभरका स्थानीय तहले बजेट ल्याउँदै

आज देशभरका स्थानीय तहले बजेट ल्याउँदै

मंगलवार , आषाढ १०, २०८२

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आज देशभरका सबै स्थानीय तहले आ–आफ्नो बजेट सार्वजनिक गर्दै छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सात सय ५३ वटै स्थानीय तहले आज बजेट ल्याउने तयारी गरेका हुन् ।

मन्त्रालयका अनुसार सोमबारसम्म ४० स्थानीय तहले पहिल्यै बजेट सार्वजनिक गरिसकेका थिए भने बाँकी पालिकाहरूले आज नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दैछन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ अनुसार हरेक स्थानीय तहले असार १० गतेभित्र बजेट सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ।

यस्तै, नीति तथा कार्यक्रम असार १० गतेभित्र ल्याउनुपर्ने र असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार पालिकाहरू सक्रिय छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077