Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

उद्योगीले घटाए सिमेन्ट र डन्डीको मूल्य

उद्योगीले घटाए सिमेन्ट र डन्डीको मूल्य

आइतवार , आषाढ १५, २०८२

काठमाडौं । उद्योगीले सिमेन्ट र डन्डीको मूल्य घटाएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार उद्योगीले सिमेन्टको मूल्य प्रतिबोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म र डन्डीको मूल्य किलोको ५ रुपैयाँसम्म घटाएका हुन् ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले पछिल्लो समय सिमेन्ट र डन्डीको माग घटेको र उद्योगमा लोडसेडिङ पनि घटेका कारण मूल्य घटेको बताए ।

यसअघि उद्योगमा १२ घण्टासम्म लोडसेडिङ भएको र उत्पादन लागत बढ्न गई सिमेन्टको मूल्य बढाउनुपरेको उद्योगीले बताउँदै आएका थिए । ।

अन्य समयको तुलनामा बर्खाका बेला निर्माण कार्य कम हुन्छ । निर्माण कार्य कम हुने हुँदा सिमेन्ट र डन्डीको माग पनि कम हुन्छ । माग कम भएपछि बर्खाको समयमा निर्माण सामग्रीको भाउ घट्ने गर्छ ।

बर्खा सकिएसँगै निर्माण कार्य सुरु हुने हुँदा त्यस समय यी सामग्रीको मूल्य बढ्दै जान्छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पिन सिमेन्टमा १ सय रुपैयाँसम्म र डन्डीमा पनि प्रतिकिलो ५ रुपैयाँसम्म मूल्य घटाइएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077