Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

त्रिविको उपकुलपति दौड : तीन नाम सिफारिस, परिचय गोप्य

त्रिविको उपकुलपति दौड : तीन नाम सिफारिस, परिचय गोप्य

सोमवार , आषाढ २३, २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समितिले तीन जनाको नाम प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीलाई सिफारिस गरेको छ ।

समितिले सोमबार नाम सिफारिस गरे पनि सिफारिसमा परेका उम्मेदवारहरूको नाम भने सार्वजनिक गरिएको छैन ।

१२ जना प्रतिस्पर्धीबाट छनोट गरिएका ती तीन जनामध्ये प्राडा खड्ग केसी, प्राडा विनिल अर्याल, प्राडा योगेन्द्रबहादुर गुरुङ, प्राडा उपेन्द्र कोइराला र प्राध्यापक डिल्ली उप्रेतीको नाम सर्वाधिक चर्चामा छ । यद्यपि, अन्तिम सिफारिसमा को को परे भन्नेबारे औपचारिक खुलासा भएको छैन।

प्रधानमन्त्री ओलीले ६ जेठमा सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए ।

१५ चैतमा तत्कालीन उपकुलपति केसरजङ्ग बरालले राजीनामा दिएपछि त्रिविको नेतृत्व रिक्त बनेको थियो। अब सिफारिसमा परेका तीनजनामध्ये एक जनालाई प्रधानमन्त्री ओलीले उपकुलपति पदमा नियुक्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077