Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

ओलीजीसँग समस्या छैन, गठबन्धन सरकार पूरा समय चल्छ : देउवा

ओलीजीसँग समस्या छैन, गठबन्धन सरकार पूरा समय चल्छ : देउवा

सोमवार , आषाढ २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुनै समस्या नभएको स्पष्ट पारेका छन् ।

केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै उनले सो कुरा स्पष्ट पारेका हुन् । ठूला दलबीच बनेको सरकारमा केही समस्या भए पनि दुवै पार्टीका शीर्ष नेता बसेर समाधान गर्न सकिने र त्यही गरिरहेको बताए ।

“कांग्रेस र एमालेको गठबन्धन भएको छ । यो गठबन्धन हामीले बनाएका हौँ । यसमा समस्या छैन । ठूला पार्टीबीचको गठबन्धनमा केही समस्या आउनु स्वाभाविक हो । तर हामीले समस्या समाधान गर्न सक्छौँ । गठबन्धनको सरकार पूरा समय चल्ने छ । संविधान संशोधनको कुरा उठेको छ ।

यसमा ओलीजी पनि तयार हुनुहुन्छ तर राष्ट्रिय सभामा संख्या कम भयो । ओलीसँग कुनै समस्या छैन । समस्या भए पनि समाधान गर्न सक्छौँ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077