Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

१४ देशविरुद्ध ४० प्रतिशतसम्म आयात कर लगाउने डोनाल्ड ट्रम्पको घोषणा

१४ देशविरुद्ध ४० प्रतिशतसम्म आयात कर लगाउने डोनाल्ड ट्रम्पको घोषणा

मंगलवार , आषाढ २४, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ देशहरूबाट अमेरिका आयात हुने वस्तुहरूमा आयात कर लगाउने घोषणा गरेका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै ती देशहरुबाट अमेरिका आयात हुने वस्तुहरूमा अगस्ट १ देखि २५ देखि ४० प्रतिशतसम्म आयात कर लगाउने घोषणा गरेका हुन् ।

उनले जापान, दक्षिण कोरिया, मलेसिया, कजाकिस्तान, दक्षिण अफ्रिका, लाओस र म्यानमारका नेताहरूलाई नयाँ आयात करका दरहरू समेटिएका पत्रहरू सार्वजनिक गर्दै यसको घोषणा गरे ।

यसबाहेक उनले बोस्निया र हर्जगोभिना, ट्युनिसिया, इन्डोनेसिया, बंगलादेश, सर्बिया, कम्बोडिया र थाइल्यान्डका नेताहरूलाई अर्को सात पत्र पोष्ट गरेका छन् ।

ट्रम्पले पोस्ट गरेका पत्रहरू अनुसार जापान, दक्षिण कोरिया, मलेसिया, कजाकिस्तान र ट्युनिसियाबाट अमेरिकामा आयात हुने वस्तुहरूले अब २५ प्रतिशत आयात करको सामना गर्नुपर्नेछ ।

दक्षिण अफ्रिका र बोस्नियाका वस्तुहरूमा ३० प्रतिशत अमेरिकी आयात कर लाग्नेछ भने इन्डोनेसियाबाट आयात हुने वस्तुहरूमा ३२ प्रतिशत उत्पादन कर लाग्नेछ ।

बंगलादेश र सर्बियामा ३५ प्रतिशत कर लाग्नेछ । कम्बोडिया र थाइल्यान्डमा ३६ प्रतिशत करको दर निर्धारण गरिएको छ । पत्रहरू अनुसार लाओस र म्यानमारबाट आयात हुने वस्तुहरूले ४० प्रतिशत शुल्कको सामना गर्नुपर्नेछ । ट्रम्पले सोमबार ती पत्रशरूमा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077