Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सरकारलाई तत्काल राहत–उद्धारमा खटिन प्रचण्डको आग्रह

सरकारलाई तत्काल राहत–उद्धारमा खटिन प्रचण्डको आग्रह

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं । नेपाल–चीन सिमानामा रहेको मितेरी पुलसहितका महत्त्वपूर्ण संरचनामा मंगलबार बिहान आएको भीषण बाढीले ठूलो क्षति पुर्‍याएपछि नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गहिरो दुःख व्यक्त गरेका छन् ।

प्राकृतिक विपत्तिका कारण उत्पन्न विषम परिस्थितिमा सबै सरकारी संयन्त्रहरूलाई तत्काल उद्धार, राहत र पुनःस्थापनामा खटिन उनले आग्रह गरेका छन् ।

प्रचण्डले मंगलबार बिहान आफ्नो सामाजिक सञ्जालमार्फत लेखेका छन्, “भोटेकोसीमा आएको बाढीले पुर्‍याएको क्षति अत्यन्त दुःखद छ। तत्काल राहत, उद्धार र पूर्वतयारीमा सरकार गम्भीर भएर लाग्नुपर्छ।”

उनले पार्टीका सम्पूर्ण नेता, जनप्रतिनिधि र कार्यकर्तालाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन पनि निर्देशन दिएका छन्।

भोटेकोसीको बाढीले रसुवागढीस्थित सीमा पुल, भन्सार यार्ड, कन्टेनर र सडक संरचनाहरूमा ठूलो क्षति पुर्‍याएको छ भने मानवीय क्षतिको पनि आशंका गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077