Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

गृहमन्त्री र अर्थमन्त्रीलाई लिएर बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै प्रधानमन्त्री ओली

गृहमन्त्री र अर्थमन्त्रीलाई लिएर बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै प्रधानमन्त्री ओली

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं । चीनतर्फबाट आएको बाढीले रसुवामा पुर्‍याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ जाने भएका छन् ।

मंगलबार बिहान आएको बाढीका कारण रसुवाको क्षतिग्रस्त ठाउँको अवलोकन गर्न प्रधानमन्त्री ओली सहित गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल जाने भएका हुन् ।

बालुवाटार स्रोतका प्रधानमन्त्री ओली बालुवाटारबाटै उड्ने छन् भने गृहमन्त्री लेखक र अर्थमन्त्री पौडेल अर्को हेलिकोप्टरमा जाने भएका छन् ।

बाढीग्रस्त क्षेत्रमा तीन वटै सुरक्षा निकायमा प्रमुख पनि जाने भएका छन् ।

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दीपक थापा र सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल बाढीग्रस्त क्षेत्रमा जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077