Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

‘भूलवश’ सीमा नाघ्दा चिनियाँ भूमिमा नेपाली सेनाको हेलिकोप्टर होल्ड, जनमुक्ति सेनाले गरायो अवतरण !

‘भूलवश’ सीमा नाघ्दा चिनियाँ भूमिमा नेपाली सेनाको हेलिकोप्टर होल्ड, जनमुक्ति सेनाले गरायो अवतरण !

मंगलवार , आषाढ २४, २०८२

रसुवा । बाढीपहिरोमा परेका नागरिकहरूको उद्धारका लागि खटिएको नेपाली सेनाको एक हेलिकोप्टर चिनियाँ भूमिमा होल्डमा परेको छ ।

स्रोतका अनुसार, उद्धारको क्रममा सीमावर्ती क्षेत्रमा पुगेको सो हेलिकोप्टर ‘भूलवश’ चिनियाँ भूमिमा प्रवेश गरेपछि चिनियाँ जनमुक्ति सेनाले डेढ घण्टादेखि अवतरण गराएर होल्डमा राखेको हो ।

‘चिनियाँ भूमिमा हेलिकोप्टर पुगेको थाहा पाएपछि जनमुक्ति सेनाले नियन्त्रणमा लिएर रोकिदिएको हो,’ स्रोतले बतायो । तर, यता नेपाली सेनाले प्राविधिक समस्या आएपछि चिनियाँ भूमिमा हेलिकोप्टर फोर्स ल्यान्डिङ गरिएको दाबी गरेको छ ।

हाल नेपालस्थित चिनियाँ दूतावास र ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको समन्वयमा हेलिकोप्टर फिर्ता ल्याउने प्रयास भइरहेको छ।

आजै दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसँगै चिनियाँ राजदूत छन सोङले पनि रसुवाको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077