Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

टेलिकमको ३३ करोड भ्रष्टाचार काण्ड : निलम्बित एमडी पहाडी २ लाख धरौटीमा रिहा

टेलिकमको ३३ करोड भ्रष्टाचार काण्ड : निलम्बित एमडी पहाडी २ लाख धरौटीमा रिहा

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं । नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक (एमडी) संगीता पहाडीलाई विशेष अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश तेज नारायण सिंह राई, रामबहादुर थापा र बिदुर कोइरालाको संयुक्त इजलासले मंगलबार भ्रष्टाचार मुद्दामा अदालतमा उपस्थित भएकी पहाडीलाई सो धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनी अदालतको आदेशअनुसार धरौटी बुझाएर छुटिसकेकी छिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमको बिलिङ प्रणाली, मर्मत सम्झौता र आर्थिक अनियमिततामा संलग्न भएको आरोपमा पहाडीसहित १८ जनाविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको थियो ।

टेलिकमले एशियाइन्फो लिङ्केज टेक्नोलोजिस् इंकसँग वि.सं. २०६८ पुस ६ गते कनभर्जेन्ट बिलिङ सिस्टम खरिद गर्दा ६ वर्षका लागि मर्मत सम्झौता गर्न मिल्ने प्रावधान रहे पनि मर्मत सेवा खरिदका क्रममा सस्तो मूल्यमा सेवा लिने प्रावधान विपरीत अस्वाभाविक दरमा सम्झौता गरी संस्थालाई ठूलो नोक्सानी पुर्‍याइएको थियो ।

उक्त सम्झौताअनुसार वार्षिक ५ प्रतिशत छुट दिनुपर्ने व्यवस्थालाई उल्ट्याएर करिब २ करोड ५ लाख अमेरिकी डलर बराबरको मर्मत सेवा खरिद गर्दा टेलिकमलाई आर्थिक क्षति भएको आरोप अख्तियारले लगाएको छ ।

यसअघि भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेका पूर्वप्रवन्ध निर्देशक सुनील पौडेलसमेत यो मुद्दामा प्रतिवादी बनाइएका छन् । पौडेल निलम्बनमा परेसँगै प्रतिस्पर्धाबाटै पहाडी टेलिकमको प्रबन्धनिर्देशक बनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077