काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको स्वतन्त्रता सर्वोपरि रहेको भन्दै यसमा कुनै पनि किसिमको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले न्यायपालिकाको इन्डिपेन्डेन्सलाई यसको आत्मा भएको बताउँदै त्यसमा हस्तक्षेप हुनु अस्वीकार्य भएको धारणा राखे ।
“न्यायाधीशको इन्डिपेन्डेन्स भनेको न्यायपालिकाको आत्मा हो। त्यसमा हस्तक्षेप अस्वीकार्य हुन्छ। त्यस दर्शनबाट प्रधानन्यायाधीश पनि टाढा बस्दैन,” उनले भने।
प्रधानन्यायाधीश राउतले न्यायाधीशको काम, कारबाही र निर्णयहरू सही ठाउँमा प्रयोग हुनुपर्नेमा जोड दिए ।