Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

जन्मजात नागरिकता अन्त्य गर्ने ट्रम्पको आदेशमा रोक लगाउने फैसला

जन्मजात नागरिकता अन्त्य गर्ने ट्रम्पको आदेशमा रोक लगाउने फैसला

शुक्रवार , आषाढ २७, २०८२

एजेन्सी । अमेरिकाका एक संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मजात नागरिकता अन्त्य गर्ने कार्यकारी आदेशमा रोक लगाउने फैसला गरेका छन् ।

न्यू ह्याम्पशायरस्थित अमेरिकी जिल्ला न्यायाधीश जोसेफ लाप्लान्टको यो फैसला महत्वपूर्ण मानिएको छ । अमेरिकाको सर्वोच्च अदालतले गत महिना तल्लो अदालतका न्यायाधीशहरूलाई राष्ट्रव्यापी निषेधाज्ञा जारी गर्ने शक्तिलाई सीमित गरेको थियो ।

तर, वादीहरूलाई सामुहिक रूपमा दर्ता मुद्दामार्फत आदेशको रोक लगाउने क्षमता कायम राखेको थियो । बिहीबार न्यू ह्याम्पशायरमा अमेरिकी जिल्ला न्यायाधीश लाप्लान्टको फैसलामा त्यही भएको थियो ।

ट्रम्पको कार्यकारी आदेशलाई रोक्न अध्यागमन अधिकारका लागि वकिलहरूले उक्त मुद्दा दर्ता गरेका थिए ।

न्यायाधीशको बेन्चबाट फैसला सुनाउँदै लाप्लान्टले अध्यागमन अधिकारका लागि काम गर्ने वकिलको अनुरोधलाई माग स्वीकार गरे र फेब्रुअरी २० पछि जन्मिएका शिशुहरूलाई ट्रम्पको आदेश लागु हुनबाट रोक्ने अस्थायी आदेश जारी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077