Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

हुस्सुका कारण ताप्लेजुङ विमानस्थलमा जहाज अवतरण असफल, पुनः काठमाडौँ फर्कियो

हुस्सुका कारण ताप्लेजुङ विमानस्थलमा जहाज अवतरण असफल, पुनः काठमाडौँ फर्कियो

शुक्रवार , आषाढ २७, २०८२

ताप्लेजुङ । काठमाडौँबाट ताप्लेजुङ आएको जहाज अवतरण हुन नसकेपछि पुनः काठमाडौँ फर्किएको छ ।

नियमित उडान तालिका अनुसार शुक्रबार बिहान आएको जहाज सुकेटार विमानस्थलमा अवतरण हुन नसकेपछि पुनः काठमाडौँ फर्किएको हो ।

हुस्सु–कुहिरो लागेर भिजिबिलिटी कम भएकाले जहाज अवतरण हुन नसकेको नेपाल वायु सेवा निगम ताप्लेजुङले जनाएको छ ।

बिहान काठमाडौँबाट जहाज उड्ने बेलामा मौसम राम्रै भएको र ल्यान्डिङको समयमा अचानक मौसम परिवर्तन भएकाले जहाज अवतरण हुन नसकेको बताइएको छ ।

काठमाडौँदेखि ताप्लेजुङका लागि चार जना यात्रु लिएर जहाज उडेको थियो । ताप्लेजुङबाट समेत काठमाडौँ प्रस्थान गर्न सात जना यात्रुले होडिङ पास लिएर घण्टौँसम्म प्रतीक्षामा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077