Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अन्ततः एकीकृत समाजवादीमा प्रवेश भए वामदेव गौतम, साउन २ गते पार्टी एकता !

अन्ततः एकीकृत समाजवादीमा प्रवेश भए वामदेव गौतम, साउन २ गते पार्टी एकता !

शुक्रवार , आषाढ २७, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने भएको छ ।

वामदेव गौतम अध्यक्ष रहेको नेकपा एकता राष्ट्रिय अभियान र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीबीच एकीकरण गर्ने सहमति भएको हो ।

नेपाल र वामदेव गौतमसहितका नेताहरूबीच छलफल हुदाँ राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीती र कार्यदिशामा एकरुपता रहेकाले पार्टी एकताको सहमति भएको बताइएको छ ।

“नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी) मा एकतावद्ध हुने सहमति गरियो,” विज्ञप्ति जारी गर्दै नेपाल र गौतमले भनेका छन्, “२०८२ साउन २ गते राष्ट्रियसभा गृहमा एकताको घोषणा गर्ने सहमति भयो ।”

यसअघि वामदेव गौतम नेकपा एमालेमा प्रवेश गर्ने चर्चा चलेको थियो । अन्ततः उनी एकीकृत समाजवादीमा प्रवशे गर्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077