Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

राजनीति मेरो प्राणमै छ, राजनीति विना अधुरो हुन्छु : पशुपति शमशेर जबरा

राजनीति मेरो प्राणमै छ, राजनीति विना अधुरो हुन्छु : पशुपति शमशेर जबरा

शुक्रवार , आषाढ २७, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले राजनीति आफ्नै जीवनको आधार रहेको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित ८४ औँ जन्मदिनको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू राजनीति विना अधुरो हुने बताएका हुन् ।

“राजनीति मेरो प्राणमै छ,” उनले भने, “वंश परम्परा पनि त्यही हो । दरबारिया सुख–सयलमा हुर्केको मान्छे भएर पनि मैले देशको हरेक कुनाको पीडा बुझ्ने प्रयास गरेँ ।”

राजनीतिमा बिताएको जीवनको उर्जाशिल समय स्मरण गर्दै उनले आफूले देशका सबै भूगोल र वर्गका मानिससँग साक्षात्कार गरेको उल्लेख गरे । “त्यसबेलाको राजनीति गर्न सहज थिएन, तर मैले जनताको पीडा बुझ्न खोजेँ,” उनले थपे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077