Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

यस्तो आयो एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन

यस्तो आयो एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन

शनिवार , आषाढ २८, २०८२

एजेन्सी । भारतमा एअर इन्डियाको विमान दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ ।

प्रतिवेदनमा इञ्जिन कट–अफ स्थिति अर्थात इञ्जिनका स्वीचहरु बन्द गरिनुलाई रहस्यमय भनिएको छ ।

प्रतिवेदनअनुसार दुवै इन्जिनको फ्युल कन्ट्रोल स्विचहरू ‘रन’बाट ‘कट–अफ’मा सारिएको पुष्टि भएको छ ।

सामान्यतया यस्तो प्रक्रिया विमान गन्तव्यमा अवतरणपछि मात्र गरिन्छ । तर कुनै आपतकालीन अवस्था नदेखिएको प्रतिवेदनमा उल्लेख छ । विमानमा इन्धनको नमूना परीक्षण ‘सन्तोषजनक’पाइएको छ ।

प्रारम्भिक प्रतिवेदनअनुसार विमानको कुनै यान्त्रिक दोष वा सफ्टवेयर त्रुटिको पुष्टि भएको छैन । तथापि, सबै निष्कर्ष आउन अझै समय लाग्ने देखिन्छ ।

एक महिनाअघि जुन १२ मा भारतको अहमदाबाद शहरमा एअर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमान दुर्घटना हुँदा २४१ यात्रुसहित २६० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077