एजेन्सी । रुसको बढ्दो हवाई आक्रमणकाबीच अमेरिकाले युक्रेनलाई पुनः सैन्य सहायता दिन तयार भएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका अनुसार गएको हप्ता रोकिएको सहायता फेरि शुरू भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोमार्फत युक्रेनलाई पेट्रियट हवाई रक्षा प्रणाली पठाउने सम्झौता भएको बताए ।
यसअघि युक्रेनले १० वटा पेट्रियट प्रणालीको माग गरेको थियो । जर्मनी र नर्वेले युक्रेनका लागि केही प्रणालीको खर्च बेहोर्ने प्रतिबद्धता जनाएको जेलेन्स्कीले बताए ।