Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रधानमन्त्री ओलीद्धारा इलामको माई नगर अस्पताल उद्‌घाटन

प्रधानमन्त्री ओलीद्धारा इलामको माई नगर अस्पताल उद्‌घाटन

शनिवार , आषाढ २८, २०८२

इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्‌घाटन गरेका छन् । उनले शनिबार माई नगरपालिका– २ दानाबारीमा निर्मित १५ शय्याको ‘माई नगर अस्पताल’को उद्‌घाटन गरेका हुन् ।

आर्थिक वर्ष २०७७/०७८ देखि निर्माण शुरू भएको अस्पताल सङ्घीय सरकारको सहयोगमा रु १० करोड ७० लाख २४ हजार खर्च भएको नगर प्रमुख खम्बासिंह लिम्बूले बताए । साढे १० रोपनी क्षेत्रफलमा पार्किङसहितको दुई तलाको अस्पताल निर्माण गरिएको छ ।​

नवनिर्मित अस्पताल भवनबाट शनिबारदेखि नै स्वास्थ्य सेवा शुरू भएको छ । २४ सै घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको माई नगर स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले बताए ।

अस्पतालबाट आकस्मिक, आधारभूत प्रयोगशाला, एक्स-रे, भिडियो एक्स-रे, ईसीजी, फार्मेसीलगायत सेवा सञ्चालन गरिएको उनले जानकारी दिए । अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमसमेत लागू गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077