Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

टिमुरेमा रहेका २३ जना चिनियाँ नागरिकलाई काठमाडौंस्थित चिनियाँ दूतावास पठाइयो

टिमुरेमा रहेका २३ जना चिनियाँ नागरिकलाई काठमाडौंस्थित चिनियाँ दूतावास पठाइयो

शनिवार , आषाढ २८, २०८२

काठमाडौं । नेपालतर्फको बाढी प्रभावित क्षेत्र टिमुरेमा रहेका २३ जना चिनियाँ नागरिकलाई काठमाडौंस्थित चिनियाँ दूतावास पठाइएको छ।

चिनियाँ दूतावाससँगको समन्वयमा नेपाल प्रहरीको स्कर्टिङसहित बाढी प्रभावित क्षेत्र टिमुरेबाट उनीहरूलाई दूतावास पठाइएको हो।

जिल्ला प्रशासन कार्यालय रसुवाले नेपालतर्फको बाढी प्रभावित क्षेत्रमा रहेका २३ जना चिनियाँ नागरिकलाई चिनियाँ दूतावाससँगको समन्वयमा नेपाल प्रहरीको स्कर्टिङसहित बाढी प्रभावित क्षेत्र टिमुरेबाट काठमाडौंस्थित चिनियाँ दूतावाससम्म सुरक्षित तवरले पठाइएको बताएको हो।

असार २४ गते बिहान ३ बजेतिर आएको बाढीले रसुवागढीको नाकामा रहेको मितेरी पुल भत्किएको थियो। बाढीका कारण कतिपय नेपाली चीनतर्फ अड्किएका थिए भने केही चिनियाँ नागरिकहरु नेपालतर्फ अड्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077