Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

ईयू र मेक्सिकोका सामानमा ३० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा

ईयू र मेक्सिकोका सामानमा ३० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा

आइतवार , आषाढ २९, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ बाट युरोपेली संघ र मेक्सिकोबाट आयात गरिने सामानमा ३० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् ।

शुक्रबार युरोपेली संघ र मेक्सिलाई पत्र पठाउँदै ट्रम्पले सो घोषणा गरेका हुन् ।

यदि यी व्यापार साझेदार राष्ट्रहरूले अमेरिकी सामानमा जवाफी शुल्क लगाएमा उनीहरूले अझ उच्च दरमा आयात कर लगाउने पनि ट्रम्पले चेतावनी दिएका छन् ।

२७ सदस्यीय युरोपेली संघले यसै साता अगस्ट १ अगाडि वासिङ्टनसँग व्यापार सम्झौता गर्ने आशा व्यक्त गरेको थियो ।

यसै साताभरि ट्रम्प प्रशासनले जापान, दक्षिण कोरिया, क्यानडा र ब्राजिलका सामानमा पनि यही मितिदेखि लागू हुने गरी नयाँ भन्सार दर घोषणा गरिसकेको छ ।

यस्तै, प्रकारका पत्रहरू अमेरिकाका साना व्यापार साझेदार राष्ट्रहरूलाई पनि पठाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077