Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कमलाको मृत्युपछि कृष्णपुर नगरपालिकाले भन्यो–१५ दिनभित्र नगरभित्रको सबै छाउगोठ भत्काउनु

कमलाको मृत्युपछि कृष्णपुर नगरपालिकाले भन्यो–१५ दिनभित्र नगरभित्रको सबै छाउगोठ भत्काउनु

आइतवार , आषाढ २९, २०८२

काठमाडौं । शनिबार कन्चनपुरको कृष्णपुर नगरपालिका–१ मा रहेको छाउगोठमा बसेकी महिला कमला दमाईको सर्पदंशबाट मृत्यु भएपछि नगरपालिका एक्सनमा उत्रिएको छ ।

कमलाको मृत्यु भएसँगै नगरपालिकाले नगरभित्र रहेका छाउ गोठ १५ भित्र भत्काउन निर्देशन दिएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले निर्देशनपत्र जारी गर्दै छाउ गोठ भए नभएको निरीक्षण गर्न १–९ सम्मका सबै वडा कार्यालयलाई निर्देशन दिएका हुन्।

२८ वर्षकी कमला दमाईले सर्पको डसाईबाट अकालमा ज्यान गुमाउनु परेको थियो।

पत्रमा भनिएको छ–‘कृष्णपुर नगरपालिकाअन्तर्गत केही वडाहरूमा अझै पनि छाउपडी प्रथा कायम रही गोठसमेत यथावत भएकोले आ–आफ्नो वडाभित्र रहेका छाउपडी गोठहरू निरीक्षण गरी १५ दिनभित्र छाउपडी गोठहरू भत्काउने र उक्त कार्यकान्वयनमा नल्याए कानुनी कारबाहीसहित १० हजार जरिवाना हुने व्यहोरासमेत सम्बन्धितहरूलाई जानकारी गराउनहुन आदेशानुसार अनुरोध छ ।’

२८ वर्षीया दमाईको महिनावारीको समयमा छाउपडी गोठमा सुतिरहेको अवस्थामा सर्पले डस्दा मृत्यु भएको हो ।

यसबारे आजको प्रतिनिधिसभा बैठकमा समेत सांसदहरुले प्रश्न उठाएको थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077