Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

क्षमा माग्दै उपमेयर डंगोलले भनिन्–फेरि एकढिक्का भएर उपस्थित भएका छौं

क्षमा माग्दै उपमेयर डंगोलले भनिन्–फेरि एकढिक्का भएर उपस्थित भएका छौं

आइतवार , आषाढ २९, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको भन्दै क्षमा मागेकी छिन् ।

आइतबार महानगरको १७ औं नगरसभाको पहिलो बैठकमा बजेट प्रस्तुत गर्ने क्रममा उनले महानगरवासी र सरोकारवालाहरूसँग क्षमा मागेकी हुन् ।

उपप्रमुख डंगोलले भनिन्–‘समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्न नसकेकोमा मेरो व्यक्तिगत, नगरसभाका सदस्यको तर्फबाट महानगरवासी र सरोकारवाला निकायसमक्ष क्षमायाचना गर्दछौं।’

यसबीचमा केही तितामिठा अनुभव भए पनि मन्थन हुँदै समाधानतर्फ गएको उनले बताइन् ।

उनले भनिन्–‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्ने सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएको समयसीमा भन्दा हामी केही ढिला भएका छौं । विगतका दिनहरूमा हामीबीच केही अविश्वास, तितामिठा अनुभव प्रस्तुत भए । आरोप प्रत्यारोप पनि भए । सबै कुरा मन्थन हुँदै गएको छ । समस्याको समाधान पनि हुँदै गएको छ । आज हामी फेरि एकढिक्का भएर गरिमामय सभामा उपस्थित भएका छौं ।’

काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077