Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

टिकटक लाइभमार्फत गालीगलौज गर्ने रोशनी पक्राउ

टिकटक लाइभमार्फत गालीगलौज गर्ने रोशनी पक्राउ

सोमवार , आषाढ ३०, २०८२

धनुषा । धनुषा प्रहरीले सामाजिक सञ्जाल टिकटक लाइभमार्फत अभद्र भाषा प्रयोग गरेको अभियोगमा एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२४ की २० वर्षीया रोशनी खातुन रहेकी छिन् ।

प्रहरीका अनुसार खातुनले आइतबार आफ्नो टिकटक लाइभमा आपत्तिजनक शब्द प्रयोग गर्दै गालीगलौज गरेकी थिइन् ।

सामाजिक सद्भाव र मर्यादाविपरीतको व्यवहार देखिएको भन्दै उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा म्याद थप गरी हाल जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ ।

उनीविरुद्ध थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077