Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रमुख सचेतकहरुसँग सभामुखको छलफल, सदन स्थगित गरेर रास्वपा र राप्रपालाई पनि सहभागी गराउन कांग्रेसको प्रस्ताव

प्रमुख सचेतकहरुसँग सभामुखको छलफल, सदन स्थगित गरेर रास्वपा र राप्रपालाई पनि सहभागी गराउन कांग्रेसको प्रस्ताव

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसले जेठ १३ गतेदेखि लगातार सदनमा अवरोध जारी राखेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पनि सदनमा निरन्तर सहभागिता जनाउने वातावरण बनाउन सभामुखलाई आग्रह गरेको छ।

सोमबार सभामुख देवराज घिमिरेसँगको छलफलमा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सदन स्थगित गरेर संसद्‌मा भाग लिने वातावरण बनाउन आग्रह गरेका हुन्।

सभामुखसँगको भेटमा उनले भने–‘रास्वपासँग सहमति गर्न धेरै प्रयास भए पनि नतिजा आएको छैन। केही सातादेखि हामी संवादमा समेत बसेका छैनौं । अब केही समय संसद् स्थगित गरेर पनि रास्वपा र राप्रपासँग सहमति गरेर संसदमा भाग लिने वातावरण बनाउनुपर्छ। संसद्को ठूलो पार्टीका नाताले नेपाली कांग्रेस आवश्यक सहजीकरणका लागि तयार छ।’

छलफलमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टी भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनसहितको माग राखेर निरन्तर आन्दोलनमै रहेको बताए।

उनले भने–‘हामी निरन्तर आन्दोलनमा छौं। महत्वपूर्ण विधेयक नभएको अवस्थामा साउनमा दुई साता बैठक रोकेर सहमतिको वातावरण बनाउनुपर्छ। संसद्लाई सधैं यसरी अघि बढाउँदा राम्रो सन्देश गएको छैन ।’

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’ले सदन सञ्चालनका लागि सभामुखले पहल थाल्नुपर्ने बताए।

उनले भने–‘सरकारलाई सहमतिका लागि अपिल गरिदिन राप्रपाको अनुरोध छ। बजेट पास अत्यावश्यक थियो, तर नियमित बैठक चौथो र पाँचौ ठूलो दलको अनुपस्थितिमा सञ्चालन गर्नु राम्रो भएन ।’

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने भूमि विद्येयकलाई समितिमा लैजान आग्रह गरे।

जवाफमा सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलका सांसदहरू सदनमा सहभागी नभएको विषयमा ध्यानाकर्षण भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077