Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कैलालीबाट हतियारसहित तीनजना पक्राउ

कैलालीबाट हतियारसहित तीनजना पक्राउ

मंगलवार , आषाढ ३१, २०८२

धनगढी । कैलालीमा प्रहरीले हातहतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्लाको भजनी नगरपालिका-९ आमबाडीबाट हातहतियार, गोलीगठ्ठा र जंगली जनावरका अंगसहित तीन जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा भजनी नगरपालिका–९ का ५० वर्षीय दिलीप कार्की, उनका २२ वर्षीय छोरा विकास कार्की र सोही वडाका ३० वर्षीय सुरेश विक रहेका छन् ।

विशेष सूचनाको आधारमा सोमबार दिउँसो पक्राउ गरिएका उनीहरुको साथबाट एउटा पेस्तोल, ११ राउण्ड गोली, एक थान म्यागजिन, ०.२२ बोरको (हर्नेट) नवीकरण नभएको राइफल, २४ राउण्ड गोली, एउटा कटुवा पेस्तोल, एउटा भरुवा बन्दुक, भरुवा बन्दुकको घोडा एक थान, एक डिब्बा छर्रा, दुई गुच्छा मयुरको प्वाँख, तीनवटा जरायोको सिङ बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय भजनीमार्फत उनीहरूमाथि हातहतियार ऐन र वन्यजन्तु संरक्षण ऐनअन्तर्गत आवश्यक अनुसन्धान अगाडि बढाइएको कैलाली प्रहमरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077