Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

भेटवालविरुद्ध उजुरी दिने बराल नै मिटरब्याज प्रकरणमा पक्राउ

भेटवालविरुद्ध उजुरी दिने बराल नै मिटरब्याज प्रकरणमा पक्राउ

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । करोडौं रकम मिटरब्याजमा लगाएको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंले सिन्धुली घर भएका राजकुमार बराललाई पक्राउ गरेको हो।

बरालले धेरै व्यक्तिलाई महंगो ब्याजमा करोडौं लगानी गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो। उनलाई अपराधिक लाभ मुद्दामा सोमबार डिल्लीबजारबाट पक्राउ गरिएको परिसरका एक अधिकारीले बताए।

प्रहरी स्रोतका अनुसार बरालले केही समय अगाडि ठेकदार मनोज भेटवालविरुद्ध उजुरी दिएका थिए। सोही आधारमा भेटवाल पक्राउ परे।

पछि भेटवालले आफुलाई बरालले मिटरब्याजमा पैसा लगाएको बताए। बरालविरुद्ध नै मिटरब्याजको उजुरी दिए। भेटवालले गृह मन्त्रालयसम्म पहुँच पुर्याएपछि बराल नै यतीबेला पक्राउ परेका छन्।

उता भेटवाल भने छुटिसकेका छन्। बरालले भेटवालविरुद्ध करिब १० करोड रुपैयाँको चेक बाउन्स मुद्दा हालेका थिए।

प्रहरीले अब बरालमाथि छानविन अघि बढाएको छ। यो प्रकरणमा परिसरकै केही प्रहरी भेटवालको पक्षमा त केही बरालको पक्षमा देखिएका छन्।

बरालविरुद्ध वर्षौंदेखि दर्जनौं उजुरी परे पनि उनी शक्ति केन्द्रको आडमा सजिलै उम्कँदै आएका थिए।

बरालविरुद्ध काठमाडौं उपत्यका लगायतका क्षेत्रमा मिटर ब्याजमा ऋण दिई गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको, चेकमार्फत धम्की दिने, व्यक्तिलाई अपहरण गरि थुन्ने र सहयोग नपुगेमा झुटा मुद्दा लगाउने जस्ता आरोपहरू छन्।

बरालका गतिविधिमा संलग्न व्यक्तिहरूमा पूर्वप्रशासक, पूर्वप्रहरीका उच्च तहका हाकिमहरु राजनीतिज्ञहरू र कानून व्यवसायीहरू समेत रहेको खुलेको छ।

बराललाई १५ दिनको म्याद लिएर अनुसन्धान थालिएको बताइएको छ।

कुनै समय बैदेशिक रोजगारीका लागि खाडी मुलुक कतार पुगेका उनी त्यहाँबाट फर्किएपछि उनले मिटरब्याजको धन्दा चलाउने थालेको रेकर्ड प्रहरीसँग छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077