उदयपुर । तरकारी बोक्ने बोलेरो जीपमा लुकाएर तस्करी गर्न खोजिएको गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सिरहाको मिर्चयाबाट कटारी हुँदै घुर्मी जाने सिद्धिचरण लोकमार्गको कटारी–२ स्थित गराँस क्षेत्रमा सशस्त्र प्रहरीको चेकजाँचमा पारेको उक्त बोलेरो (को १ ज १२७५) मा लुकाएर राखिएको ४३६ किलो १ सय ४० ग्राम गाँजा बरामद भएको हो ।
गाँजा १२ वटा बोरामा लुकाईछिपाई तरकारीका थुम्बाबीच राखिएको थियो । बोलेरोमा शङ्का लागेपछि सशस्त्र प्रहरीले चेकजाँच गर्दा लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीले घटनास्थलमै बोलेरो चालक धनकुटा सहिदभूमि गाउँपालिका–२ का २९ वर्षीय तेज राईलाई नियन्त्रणमा लिएको छ ।
राई, गाडी र बरामद गाँजा हाल इलाका प्रहरी कार्यालय कटारीमा राखी थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको दयपुर प्रहरीले जनाएको छ ।