काठमाडौं । प्रहरीले बाँकेको कोहलपुरबाट नक्कली नोट र अवैध लागूऔषधसहित एक जनाले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा जनगर्जन नेटवर्क प्रालि अध्यक्ष एवं सञ्चालक मनबहादुर सहकारी देउवा छन् ।
उनलाई इलाका प्रहरी कार्यालय, कोहलपुरले विशेष सूचनाका आधारमा मंगलबार उक्त कम्पनी अन्तरगत चलेको जनगर्जन अनलाइनको कार्यालयबाटै पक्राउ गरेको हो ।
कोहलपुरकी डीएसपी लक्ष्मी खनालका अनुसार, देउवाको साथबाट एक हजार दरका ५१ वटा नक्कली नोट र १९ किलो ३३५ ग्राम अफिम बरामद भएको छ ।
प्रहरीले कार्यालयबाट प्रहरी रंगिन प्रिन्टर, मोनिटर, सिपीयूलगायत समेत बरामद गरेको छ । सोधपुछका लागि कार्यालयका अर्का एक कर्मचारीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
देउवामाथि थप अनुसन्धान भइरहेको कोहलपुर प्रहरीले जनाएको छ ।